नाम्ची: नाम्ची बजारका केही दोकानेहरूले मियाद सकेको खाद्य सामग्री बिक्री गरिरहेको गुनासो गरेपछि विभागीय अधिकारीहरुको टोलीले निरीक्षण अभियान चलायो। उक्त गुनासोलाई गम्भीरतासित लिँदै ग्राम विकास अधिकारी मुकेश दाहाल, डीसीएसओ तेञ्जिङ भोटिया, कार्यालय सहायक सुयोग्य प्रधान लगायत अन्य अधिकारीहरूले शिव कुमार सुब्बा, फिचुङ लेप्चा, सावित्री राई, गर्जमान छेत्री र अम्बिका छेत्रीको दोकानको निरीक्षण गरे। निरीक्षणको क्रममा, धेरैजसो दोकानेहरूले सरसफाइलाई ध्यानमा नराखेको हुनाले टोलीले स्वच्छतालाई ध्यानमा राखेर व्यापार गर्नुपर्ने निर्देश दिएको छ। सरकारको नियमलाई पूनः उल्लङ्घन गरेको फेलापरेमा लाइसेन्स जफ्त गर्नको साथै जरिमाना तिर्नुपर्ने नियम रहेको बताए। मानिसहरूले दैनिकरूपमा प्रयोग गर्ने खाद्य वस्तुहरू पुरानो भएको आरोप लगाएका थिए।