२३ अगस्तमा हुने २४औं मिस्टर सिक्किम बडी बिल्डीङ च्याम्पियनशीप

IMG-20250523-WA0272

गान्तोक: सिक्किम स्टेट बडी बिल्डीङ एसोसिएशन (एसएसबीबीएस) को तत्वावाधानमा आगामी २३ अगस्तको दिन २४औं मिस्टर सिक्किम बडी बिल्डीङ एवं सातौं ओपन मेन्स एण्ड वुमन्स च्याम्पियनशीप आयोजना गरिने भएको छ। संस्थाका अध्यक्ष अरुण गुरुङले आज राजधानीमा पत्रकार सम्मेलन डाकेर यसको जानकारी दिएका हन्। उनले जानकारी गराएअनुसार यो च्याम्पियनशीप सिक्किम राज्य स्थापनाको ५०औं वर्षगाँठ तथा प्रजातन्त्रको स्वर्णजयन्ती समारोहअन्तर्गत राजधानीको मनन केन्द्रमा सम्पन्न हुनेछ। उल्लेखनीय छ, मिस्टर सिक्किम सिक्किम स्टेट बडी बिल्डीङ एसोसिएश-को वार्षिक कार्यक्रम हो।
सिक्किम स्टेट बडी बिल्डीङ एसोसिएशन-ले पछिल्ला २४ वर्षदेखि जस्तै परिस्थितिमा पनि मिस्टर सिक्किम च्याम्पियनशीप नियमित रुपमा आयोजना गर्दै आएको अध्यक्ष गुरुङले बताए। यो वर्ष एसोसिएशन पञ्जीकरणको २५औं वर्षगाँठ तथा रजत जयन्ती हो। त्यसैले यस वसरमा दुईवटा नयाँ विधा ओपन मेन्स नेचरल बडी बिल्डीङ र ओपन वुमन्स स्पोर्ट्स मोडल च्याम्पियनशीप थपेका छौं, उनले भने। ओपन मेन्स एण्ड वुमन्स च्याम्पियनशीपमा जस्तै ओपन मेन्स नेचरल बडी बिल्डीङ र ओपन वुमन्स स्पोर्ट्स मोडल च्याम्पियनशीपमा पनि राज्य अनि राज्यबाहिरका खेलाड़ीहरूले पनि सहभागिता जनाउन पाउने गुरुङले बताए। तर, मिस्टर सिक्किम च्याम्पियनशीप भने केवल सिक्किमे खेलाड़ीको निम्ति रहेको उनको भनाइ रहेको छ।
उल्लेखनीय छ, सिक्किम स्टेट बडी बिल्डीङ एसोसिएशन शारीरिक सुगठनको क्षेत्रमा सिक्किमका प्रमुख संस्था मध्ये एक हो जुन सिक्किम ओलम्पिक एसोसिएशनसित आवद्ध रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement