सोरेङ: सोरेङ जिल्ला सहकारिता विभागले सोरेङ माध्यमिक विद्यालयमा एक दिन स्कूलमा कार्यक्रम आयोजन गऱ्यो। उक्त कार्यक्रम सोरेङ जिल्ला प्रशासन केन्द्रले शिक्षालाई जनसाधरणमा पुऱ्याउने उद्देश्यले आयोजन गरेको हो। कार्यक्रममा सहकारिता विभागकी सहरेजिस्ट्रार दुर्गादेवी छेत्रीले पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा सहकारी आन्दोलनको ऐतिहासिक र आधारभूत पक्षहरूबारे जानकारी गराइन्। उनले १८४४ मा ईङ्गल्याण्डको रोचडेलमा स्थापित पहिलो सफल सहकारिकोरूपमा मानिने रोचडेल सोसाइटी अफ इक्विटेबल पायोनियर्सबारे अवगत गराइन्। उनले कसरी उक्त मोडेलले विश्वभर आधुनिक सहकारीको लागि आधार तयार पारेको थियो सोबारे जानकारी दिइन्। उनले सहकारितालाई मार्गदर्शन गर्ने सिद्धान्तले आत्मनिर्भरता, समानता र एकतालाई कायम राखेको उल्लेख गर्दै समुदाय भित्र एकता र सामुहिक विकासको भावनालाई बढावा दिन यसले भूमिका निर्वाह गरेको बताइन्। यसक्रममा सहकारिता विभागीय प्रभारी यादव छेत्रीले वनधन विकास केन्द्रले ग्रामीण क्षेत्रका मानिसहरूलाई आर्थिकरूपमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको अवगत गराए।