नयाँ दिल्ली: उपराष्ट्रपति जगदीप धनखडले बुधबार भने, ‘वसुधैव कुटुम्बकम (संसार एक परिवार हो) को अवधारणाले हाम्रो सभ्य समाजको लोकाचारलाई प्रतिनिधित्व गर्दछl’ बुधबार नयाँ दिल्लीको नेशनल डिफेन्स कलेजमा ‘भारतको मूल मूल्य हित र उद्देश्य’ विषयमा व्याख्यान दिँदै उपराष्ट्रपतिले भने, ‘हाम्रो संविधानको प्रस्तावनामा हाम्रा धेरै मूल तत्वहरू उल्लेख गरिएको छl’ कोभिड-१९ को महामारीको समयमा शुरु गरिएको ‘भ्याक्सिन फ्रेन्डशिप‘ पहललाई उल्लेख गर्दै उनले भारतको दृष्टिकोण इतिहासमा कहिल्यै विस्तारवादी नभएको बताए।
एनडीसीले आफूलाई भारतमा रणनीतिक अध्ययनको सबैभन्दा बलियो केन्द्रको रूपमा स्थापित गरेकोमा प्रशंसा गर्दै, उनले भने, ‘यस महान संस्थाले विगत ६ दशकमा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रतिष्ठा र कद दुवैमा बढाएको छl’ कार्यक्रममा लेफ्टिनेन्ट जनरल मनोज कुमार मागो, कमाण्डेन्ट नेसनल डिफेन्स कलेज, संकाय सदस्यहरु र ६२औं एनडीसी कोर्सका सहभागीहरुको सहभागिता रहेको थियो।– पीआईबी







