रुस, भारत र चीनको पछिल्लो बहुराष्ट्रिय सैन्य अभ्याससँग सम्बन्धित प्रश्नहरूलाई अस्वीकार गर्दै पेन्टागनले अमेरिकाको भारतसँग निकै नजिकको रक्षा सम्बन्ध रहेको बताएको छ। पेन्टागनका प्रवक्ता ब्रिगेडियर जनरल प्याट्रिक राइडरले मङ्गलबार एक पत्रकार सम्मेलनमा भने, ‘भारत एक सार्वभौम राष्ट्र हो, उसले कोसँग सैन्य अभ्यास गर्ने निर्णय गर्नसक्छl’ रुस र चीनसँगको सैन्य अभ्यासमा भारतको संलग्नताबारे सोधिएको प्रश्नमा ब्रिगेडियर राइडरले भने, ‘हामीले यस क्षेत्रमा भारतसँगको हाम्रो साझेदारीको निश्चित रूपमा प्रशंसा गरेका छौंl तिनीहरू महत्त्वपूर्ण साझेदार हुन् र हामी तिनीहरूसँग मिलेर काम गर्न जारी राख्नेछौंl’ ब्रिगेडियर राइडरलाई पत्रकारले सोधेका थिए, ‘भारतले रुस र चीनसँगको युद्ध अभ्यासलगायत धेरै अभ्यासमा भाग लिएको छ, जुन रक्षा क्षेत्रमा कतिपयलाई अलि अप्ठ्यारो लाग्छ। हामी निश्चित रूपमा भारतसँग काम गर्न जारी राख्नेछौं र द्विपक्षीय सम्बन्धलाई अझ बलियो बनाउनेछौंl’
भोस्टोक सैन्य अभ्यास युक्रेनमा मस्कोको विशेष सैन्य अपरेशनको बीचमा रुसको सुदूर पूर्वी क्षेत्रका विभिन्न स्थानहरूमा सेप्टेम्बर १ देखि ७ सम्म गरिएको थियो। भारत र चीनलगायत धेरै देशले यसमा भाग लिएका थिए। किनभने अहिले अमेरिकाको सम्बन्ध न चीनसँग राम्रो छ न रुससँग। यस्तो अवस्थामा भारतले यी दुई देशको सात युद्ध अभ्यासलाई लिएर अमेरिकाले असन्तुष्टि प्रकट गर्ने विश्वास गरिएको थियो, तर अमेरिकाले यी सबै अनुमानलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। विगतमा अमेरिकाले पाकिस्तानलाई लडाकु विमान एफ–१६ अपग्रेड गर्न ४५ करोड डलर दिने घोषणा गर्दा त्यसलाई भारतविरोधी निर्णयका रूपमा हेरिएको थियो।







