खरसाङ: घैयाबारीको ब्लु डाईमण्ड अंग्रेजी स्कूलमा तर्क प्रतियोगिता साथै वक्तृता प्रतियोगिता सम्पन्न भएको छ। यस अन्तर्गत पहिलो चरणमा स्कूलकाे चारवटा हाउसहरुमाझ तर्क प्रतियोगिता सम्पन्न भएको थियो। चारवटा हाउसहरुमा मेरोगोल्ड, केमिलिया, लोटस र अर्किड रहेका थिए। पहिलो चरणमा सम्पन्न तर्क प्रतियोगिताबाट केमिलिया र लोटसले बिजय हाँसिल गर्दै फाइनलमा प्रवेश गरेका थिए। फाइनलमा केमिलिया र लोटसमाझ तर्क प्रतियोगिता सम्पन्न भएको छ। यस तर्क प्रतियोगिताको सभाध्यक्षाको रुपमा स्कूलकी प्राचार्य मार्थारानी राई उपस्थित थिइन् भने निर्णायकको रुपमा सह प्राचार्य प्रणाम थापा, शिक्षक प्रवेग प्रधान र सन्तोष लामा अनि समय सचेतकको रुपमा शिक्षिकाद्वय प्रेरणा गुरुङ र पूर्णिमा छेत्री उपस्थित रहेका थिए। यस तर्क प्रतियोगिताको फाईनलमा केमिलियाबाट जेमिमा प्रधान, राजीव गुप्ता, रेहान तामाङ र साङ्निमा तामाङ अनि लोटस हाउसबाट ट्रेजा राई, इच्छा छेत्री, पाल्साङ, तामाङ र सयम् दर्जी रहेका थिए। फाइनलमा लोटस हाउस विजेता बन्न सफल बनेको छ। यस तर्क प्रतियोगिताको पहिलो चरणमा विषय रहेको थियो – सोसियल मिडियाको भूमिका, नारी सशक्तिकरण रहेको थियो। यसको साथै फाइनलमा विषयमा रहेको थियो -एआई अर्थात् आर्टिफिसियल इन्टिलिजन मानव जीवनमा ठीक छ कि छैन भन्ने रहेको थियो।

यसको साथै अन्तर हाउस वक्तृता प्रतियोगिता पनि आयोजना गरिएको थियो जसमा चारवटा हाउसहरुले भाग लिएका थिए। यसमा अर्किड हाउसबाट दर्शन लामा प्रथम, मेरिगोल्डबाट श्रीनीति खवास दोस्रो र लोटसबाट लुपसाङ शेर्पा तेस्रो भएका छन्। विद्यार्थीहरुलाई पुस्तकीय ज्ञानबाहेक पनि यसरी विभिन्न क्रियाकलापहरु आयोजना गरेर शैक्षिक स्तर बढाउन साथै नानीहरुमा अन्य ज्ञान पनि बढाउन यो आयोजना गरिएको शिक्षक सन्तोष लामाले जानकारी गराएका छन्।