खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित तेस्रो अण्डर-१४ बोयज सब-डीविजनल फूटबल टुर्नामेण्टमा शुक्रवार २ वटा म्याच खेलियो। युवा मामिला एवम् खेलकुद विभाग, जीटीए को सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत गोथल्स मेमोरियल खेल मैदानमा आज भएको पहिलो म्याचमा आईटीआई टुंग फूटबल एकाडमीले रोहिनी फूटबल एकाडमीविरुद्ध १२-० ले जीत हासिल गऱ्यो। यसरी दोस्रो म्याचमा सेण्ट अल्फन्सस स्कूलले पंखाबारी हाई स्कूलविरुद्ध ३-१ ले जीत हासिल गऱ्यो।

आज दुईवटा म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा अर्बिन छेत्री, प्रमोद प्रधान, रेबिका प्रधान र शिशिर राई सामेल छन्। सञ्जय थापा फोर्थ अफिसियल थिए। यस टुर्नामेण्टमा जम्मा ८ वटा टीमले हिस्सा लिएको छ।