खरसाङ लीजेण्ड्स फाइनलमा पुग्न सफल

photocollage_2025523165722380

रोहिनी: रोहिनी भेटरन्सको तत्त्वावधानमा आयोजित फोर्टी प्लस भेटरन फूटबल टुर्नामेण्टमा बुधवार पहिलो सेमिफाइनल म्याच खेलियो। रोहिनी लेकमा खेलिएको म्याचमा खरसाङ लीजेण्ड्सले बुङकुलुंग भेटरन्सविरुद्ध पेनल्टी शूटआउटमा ३-२ ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा खरसाङ लीजेण्ड्सको तर्फबाट बिरेन राईले गोल गरे। यसरी बुङकुलुंग भेटरन्सको तर्फबाट दीपक राईले गोल गरे। यस सेवेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २५ मईमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement