कोलकाता: शिक्षक नियुक्ति घोटालामा ईडीद्वारा पक्रपक्रा परेका राज्यका पूर्व मन्त्री पार्थ च्याटर्जी बुधबार अदालतमा धुरु धुरु रोएl उनले रुँदै भने, ‘मलाई बचाउनुहोस्, दया गरेर मलाई जमानत दिनुहोस्l’ अर्कोतर्फ, ईडीले पार्थ च्याटर्जीलाई जेल हिरासतमा पठाउन अपील गर्यो। बुधबार उनलाई अदालतमा भर्चुअली पेश गरिएको थियो। सुनुवाइका क्रममा उनले ईडीले जफत गरेको सम्पत्तिसँग आफ्नो कुनै सम्बन्ध नभएको दाबी गरे। ईडीका वकिलको तर्फबाट पार्थ च्याटर्जी र अर्पिताको करिब १०० करोड रुपियाँको संयुक्त सम्पत्ति पत्ता लागेको बताइएको छ। तर, उनले यो सम्पत्तिसँग आफ्नो कुनै सम्बन्ध नभएको भन्दै दाबीलाई खण्डन गरेका छन्।







