रसगुल्लाका कारण रेलहरू रद्द!

Rasgulla

नयाँ दिल्ली: दुधबाट बनेको स्पन्जी, चिनी र सिरपयुक्त रसगुल्ला देखेर जोकोहीको मुखमा पानी आउँछ। हो, यहाँ रसगुल्लाको चर्चा छ, जुन भारतीय रेलवेलाई तितो साबित भयो। बिहारको लखीसरायस्थित बर्हिया रेलवे स्टेशनमा १० वटा रेल रोक्न माग गर्दै स्थानीयले झण्डै ४० घण्टासम्म प्रदर्शन गरे। स्थानीयले रेलवे ट्र्याकमा पाल टाँगेर ४० घण्टासम्म रेल आवागमन ठप्प पारे। जसका कारण हावडा-दिल्ली रेलवे लाइनमा एक दर्जन रेल २४ घण्टा रद्द गर्नुपर्योl १०० भन्दा बढी ट्रेनहरू डाइभर्ट गर्नुपर्यो, जसले ट्रेन यात्रुहरूले असुविधाको सामना गर्नुपर्यो। धेरै एक्सप्रेस रेल बर्हियामा रोकिएका छैनन्, उनीहरुको सुविधाका लागि स्टेशनमा निर्धारित स्टपेज बनाउनुपर्ने माग गर्दै ठूलो संख्यामा मानिसहरु स्टेशनको ट्र्याकमा बसेको लखिसराईका जिल्ला न्यायाधीश सञ्जय कुमारले जानकारी दिए।

बरहियाको रसगुल्ला देशैभरि अनौठो र प्रख्यात छ भन्ने कुरा कमैलाई थाहा छ। यसको अत्यधिक मागका कारण त्यहाँ तयार भएका मिठाईहरू नजिकैका अन्य राज्यहरूमा पठाइन्छ। विशेष गरी विवाह वा कुनै विशेष अवसरमा पाहुनाका लागि यी रसगुल्लाहरू किन्न मानिसहरू बरहिया आउने गर्छन्। शहरमा दुई सयभन्दा बढी पसलहरु यो व्यवसायमा लागेका छन् भने दैनिक सयौं रसगुल्ला तयार हुने गरेका छन्। कोभिडको समयमा पनि बर्हियामा रेल नरोकेपछि मिठाईको व्यवसायलाई नकरात्मक असर पारेको थियो। अहिले रेलवे स्टेशनमा रेल नरोकेपछि स्थानीयवासी र मिठाई व्यवसायी आन्दोलित भएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *