नाम्ची: नाम्ची पुलिसले ब्राउन सुगरसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। सूत्रबाट प्राप्त जानकारीको आधारमा छापा मारेर पुलिसले स्थानीय मस्जिद लाइन निवासी बताइने आरोपालाई ११.४७ ग्राम ब्राउन सुगर र २०,८८० रुपियाँको साथमा पक्राउ गरेको हो। घट्ना सम्बन्धमा नाम्ची पुलिसले एनडीपीएस एक्ट अन्तर्गत मामिला दर्ता गरेर कानुनी कार्यवाही गरिरहेको छ।