मंगन: मंगन जिल्लाको क्षयरोग केन्द्रको पहलमा आज विद्यालयका प्रमुखहरूलाई लिएर क्षयरोगमुक्त स्कूल कार्यक्रमअन्तर्गत एक अभिमुखी कार्यक्रम आयोजन गरियो। यस अवसरमा जिल्ला क्षयरोग अधिकारी डा. दावा डोमा लेप्चाले क्षयरोगको कारण, लक्षण, सर्ने तरिका र उपचारसम्बन्धी जानकारी गराए। उनले क्षयरोग उन्मुलनको रणनीतिक महत्त्वमाथि प्रकाश पार्दै शिक्षा र स्वास्थ्य विभागहरूबीच समन्वय हुनुपर्ने जोड दिए। यस कार्यक्रमको उद्देश्य विद्यालयहरूमा क्षयरोग सम्वन्धि जागरुकता गराउनु रहेको बताए। कार्यक्रममा मंगन जिल्लाका अतिरिक्त जिल्लापाल पेमा वाङछेन नाम्कर्पा, शिक्षा विभागका सहनिर्देशक कर्मा छिरिङ भोटिया, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू लगायत अन्य अधिकारीहरु उपस्थित थिए।