केन्द्रीय मन्त्री खट्टरसँग मुख्यमन्त्रीको भेट

IMG-20250522-WA0275

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले देशका प्रधानमन्त्री लगायत अन्य केन्द्रीय मन्त्रीहरूसित भेट गर्दै सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समारोहका लागि निमन्त्रणा दिएका छन्। यसक्रममा आज उनले केन्द्रीय ऊर्जामन्त्री मनोहरलाल खट्टरसँग नयाँ दिल्लीमा भेट गर्दै निमन्त्रणा दिएका हुन्। सिक्किमे जनताको तर्फबाट मुख्यमन्त्रीले दिएको निमन्त्रणलाई केन्द्रीय मन्त्रीले स्वीकार्दै समारोहमा उपस्थित हुने इच्छा व्यक्त गरेका छन्। मुख्यमन्त्री तामाङले केन्द्रीय मन्त्रीको सहमतिप्रति कृतज्ञता प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement