मुख्यमन्त्री “स्टेट अफ द स्टेट्स सिक्किम@५०” कन्क्लेभमा सामेल

IMG-20250522-WA0273

गान्तोक: सरकारको सूचना एवं जनसम्पर्क विभाग र पर्यटन एवं नागरिक उड्डयन विभागको संयुक्त पहलमा सिक्किम राज्यको ५० औं राज्य स्थापना समारोहमाको अवसरमा “स्टेट अफ द स्टेट्स सिक्किम@५०” कार्यक्रम आयोजन गऱ्यो। नयाँ दिल्लीस्थित एक होटलमा आयोजित कार्यक्रममा पचास वर्षको अवधिमा सिक्किमले हासिल गरेका विभिन्न प्रकारको उपलब्धि र भविष्यको कार्यक्रममाथि छलफल गरेको थियो। जसमा नीति निर्माताहरू, शिक्षकहरू, उद्यामीहरू र लगानीकर्ताहरू सहभागी थिए। सत्रमा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले “द ग्लोरियस जर्नी एण्ड द इल्स्ट्रियस रोड अहेड” लाई प्राथमिकता दिए, जसले राज्यको परिवर्तनकारी विकास र भविष्यका आकांक्षालाई पुरा गर्नसक्ने प्रकाश पारे। मुख्यमन्त्रीले गुणस्तरीय शिक्षा, छात्रवृत्ति, स्वास्थ्य सेवा, सडक सम्पर्क लगायत प्रगतिका प्रमुख क्षेत्रहरूमाथि जोड दिए। उनले ‘मेरो रुख मेरो सन्तति’, ‘शिशु समृद्धि योजना’ र ‘मेरो बाटो मेरो बोट’ जस्ता नवीन र अद्वितीय योजनाहरूसँग जोडिएका जनताको भावनाकोबारेमा अवगत गराए। उनले उद्यमीहरूलाई सशक्त बनाउने र दिगो र समावेशी विकासमा केन्द्रित विभिन्न सरकारी पहललाई अघि बढाउने राज्यको प्रतिबद्धतालाई पनि जोड दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement