मंगनमा जिल्लास्तरीय अन्तर विभागीय सशक्त समितिको पहिलो बैठक

IMG-20250522-WA0272

मंगन: मंगन जिल्लाका जिल्लापाल अनन्त जैनको अध्यक्षतमा आज बसेको जिल्लास्तरीय अन्तर विभाग सशक्त समितिको बैठकले विभिन्न निर्णयग्रहण गरेको छ। जिल्लापाल कार्यालयमा सम्पन्न भएको उक्त बैठकमा मंगन जिल्लामा सडक योजनाबारे छलफल गरियो। बैठकमा सीमा सडक संगठन, सेना, जिल्लास्तरीय अन्तर विभाग सशक्त समिति सदस्य़हरु लगायत अन्य अधिकारीहरु उपस्थित थिए। स्मरण रहोस्, राज्यको गृह विभागले ३ मईको दिन एक नोटिफिकेसन जारी गर्दै यसलाई प्राथमिकतामा राख्नुपर्ने निर्देश गरेको थियो। जिल्लापालले बैठकमा उठाइएको विभिन्न प्रतिक्रियालाई कार्यरुप दिने बताए। उनले सबै विभागहरूलाई सक्रियरूपमा सहभागिता जनाउन र रचनात्मकरूपमा योगदान पुऱ्याउने आग्रह गरे। उनले समितिका सदस्यहरूले प्राकृतिक प्रकोपका कारण क्षतिग्रस्त मंगनको खाद्य गोदाम जाने सडकको अस्थायी निर्माणमा जोड़ दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement