भूस्खलनमा हराएका मजदूर जिवित उद्धार

IMG-20250522-WA0271

गान्तोक: पूर्व सिक्किमको स्यारी समष्टिअन्तर्गत नान्डोक बीएसी-को सोके गाउँ मुन्तिर आज दिउँसो भूस्खलन हुँदा जेजेएम पाइपलाइन प्रोजेक्टमा काम गरिरहेका पाँचजना मजदूर प्रभावित भए। शुरुमा पाँच मध्ये कुमार सुब्बा नाम गरेका एक मजदूर बेपत्ता भएको थियो तर भाग्यवश पछि उनलाई जिवितै उद्धार गरियो। पूर्व जिल्ला प्रशासनले दिएको जानकारीअनुसार भूस्खलनमा परेका अन्य पीड़ित मजदूरहरूमा छिरिङ भोटिया, सुरज शर्मा, दीपक अधिकारी र फूचुङ लेप्चा रहेका छन्। ती मध्ये छिरिङ भोटियालाई शिरमा चोट लागेको छ।
घट्नाको जानकारी पाएपछि जिल्ला आपदा प्रवन्धन प्राधिकरणको टोलीले घट्नास्थलमा पुगेर तत्काल उद्धार कार्य शुरु गरेको थियो। पछि क्षेत्र विधायक तेञ्जिङ नर्बु लाम्टा पनि घट्नास्थलमा पुगेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement