हकी इण्डियाद्वारा यूरोप जाने २४ सदस्यीय पुरुष हकी टीमको घोषणा

IMG-20250522-WA0270

नयाँ दिल्ली: नीदरल्याण्डको एम्सटेलवीन र बेल्जियमको एण्टवर्पमा ७ देखि २२ जूनसम्म हुने एफआईएच हकी प्रो लीग २०२४-२५ को यूरोपेली चरणको निम्ति हकी इण्डियाले बिहीवार २४ सदस्यीय भारतीय पुरुष हकी टीमको घोषणा गऱ्यो। अनुभवी ड्रयाग फ्लिकर हरमनप्रीत सिंह टीमको कप्तान अनि मीडफील्डर हार्दिक सिंह उपकप्तान हुनेछन्।
भारतले यूरोपेली चरणको शुरुवातमा ७ र ९ जूनमा नीदरल्याण्डविरुद्ध दुईवटा म्याच खेल्नेछ। त्यसपछि भारतले ११ र १२ जूनमा एम्सटेलवीनको वेगनर स्टेडियममा अर्जेण्टिनाविरुद्ध दुईवटा म्याच खेल्नेछ। त्यसपछि टीम अष्ट्रेलियाविरुद्ध १४ र १५ जूनमा दुईवटा म्याच खेल्न एण्टवर्प जानेछ। त्यसपछि २१ र २२ जूनमा आयोजक बेल्जियमविरुद्ध दुईवटा म्याच रहेको छ। टीमको घोषणापछि मुख्य प्रशिक्षक क्रेग फुल्टनले भने, हामी यसपाली टीममा केही अनुभवी खेलाड़ीहरू चाहन्थ्यौं अनि म टीमको चयनसँग वास्तवमा खुशी छु। टीम अहिले असल तरिकाले अभ्यास गरिरहेको छ अनि हाम्रो लक्ष्य प्रो लीग जित्ने रहेको छ।
यूरोप जाने भारतीय हकी टीम यसप्रकार छः
गोलकीपरः कृष्ण बहादुर पाठक, सूरज करकेरा। डिफेण्डरः सुमित, अमित रोहिदास, जुगराज सिंह, नीलम सञ्जीप जेस, हरमनप्रीत सिंह, जरमनप्रीत सिंह, सञ्जय र यशदीप सिवाच। मीडफिल्डरः राज कुमार पाल, नीलकान्त शर्मा, हार्दिक सिंह, राजिन्दर सिंह, मनप्रीत सिंह, विवेक सागर प्रसाद, शमशेर सिंह
फरवर्डः गुरजन्त सिंह, अभिषेक, शिलानन्द लाकड़ा, मन्दीप सिंह, ललित कुमार उपाध्याय, दिलप्रीत सिंह, सुखजीत सिंह

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement