सिलगढी: सिलगढी शहरमा डेङ्गुको प्रकोप बढ्दै गइरहेको छ।डेङ्गु रोगले संक्रमित भएर एकजना व्यक्ति मृत्यु भएको छ। यसपछि आज सिलगढी नगरनिगममा मेयर गौतम देवले स्वास्थ्य अधिकारीहरूसित एउटा महत्वपूर्ण बैठक गरे। उक्त बैठकमा विभिन्न विषयमा चर्चा परिचर्चा गरियो। बैठकको अन्तमा मेयर गौतम देवले भने, सिलगढीको प्रत्येक वार्डमा निरीक्षण गर्नको साथै फगिङ तथा स्प्रे गर्ने काम चलिरहेको छ। स्वास्थ्य कर्मीहरू घर-घरमा पठाइनेछ। माइकिङको माध्यमद्वारा डेङ्गबारे मानिसहरूलाई जागरूक गराइनेछ। सहरको खाली जमिनमाथि नगरनिगमद्वारा विशेष ध्यान राखिनेछ भने जसको जमिन हो उसले नै जमिन सफा राख्नुपर्ने तिनले बताए।







