मुक्ति समाजको केन्द्रीय नेतृत्वमा झापाबाट ९ जना

IMG-20250522-WA0253

बिर्तामोड: नेकपा एमालेको भातृ संगठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको अध्यक्षमा पुनः मनोहन बिश्वकर्मा पौडेललाई सर्वसम्मतले सातौं राष्ट्रिय महाधिवशनबाट छानिए।
मुक्ति समाजको सातौं राष्ट्रिय सम्मेलन जेठ ५ गतेदेखि ७ गते(१९ मई -२१ मई )सम्म तय गरिएकोमा बिहीवार बिहान मनोहरको नेतृत्वमा १५१ सदस्यीय सर्वसम्मतले चयन गर्दै सम्पन्न भएको छ।
मुक्ति समाजको केन्द्रीय नेतृत्वमा झापाबाट एक जना उपमहासचिव सहित ९ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। जस अनुसार उपमहासचिवमा सोमनाथ पोर्तेल, खुल्ला महिला केन्द्रीय सदस्यमा निर्मला परियार, हर्कमाया विश्वकर्मा, खुल्ला केन्द्रीय सदस्यमा काशी खाती, छविलाल विश्वकर्मा र कोशी प्रदेशबाट केन्द्रीय सदस्यमा कृष्ण कनाल, विमला विश्वकर्मा, निता घतानी र अल्पसंख्यकबाट रविन गन्दर्भ निर्वाचित भएका छन्।
सम्मेलनले उपाध्यक्षमा निर्मल देउला र मैना अछामीलाई चयन गरेको छ भने महासचिवमा अनुभूति बम नेपाली र चार सचिवहरूमा टेक घतानी, कमला बराल बिश्वकर्मा, तेजकुमार बिके र मानदेव हजरा सर्वसम्मत चयन भए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement