घैयाबारी ग्राम पञ्चायत तीनद्वारा रोहिणीको फोहर मैला सर सफाई

IMG-20250522-WA0213

अब यहाँ मैला फ्याँकिएको भेटिए जरिमाना तिर्नु पर्ने

खरसाङ: खरसाङ खण्ड अन्तर्गत रोहिणी टोल प्लाजा नजिक रोहिणी सडकको साइडमा रहेको फोहोर मैलाहरु घैयाबारी ग्राम पञ्चायत तीनको तर्फबाट सर सफाई गरिएको छ। यस क्षेत्रमा धेरै फोहर मैलाहरु फ्याँकिएको थियो। उक्त फोहोर मैला घैयाबारी ग्राम पञ्चायत-तीनका पञ्चायत प्रधान सुष्मा वाइबा, पञ्चायत सदस्य उमेश थापा,सपन थापा घैयाबारी ग्राम पञ्चायत-तीनका भीबीडीसी, रोहिणी होटल युनियन, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा रोहिणी ब्लक प्रतिनिधि अनि घैयाबारी रोहिणी पे ब्यान्ड कर्मचारीद्वारा संयुक्त रुपमा उक्त सफाई अभियान गरिएको छ।

यस क्षेत्रमा फेरि पनि यहाँ साइन बोर्ड लगाउने कार्य गरियो अनि सबैलाई निवेदन गररिएको छ कि यहाँ अबदेखि कुनै पनि गाडीका यात्री, चालकहरूले यस ठाउँमा ल्याएर मैला नफ्याँकी दिने अनि फेरि फ्याँकीको भेटाएको खण्डमा कठोर कार्वाही गर्ने अनि जरिमाना तिर्नु पर्ने सूचना जारी गरिएको छ। यस सर सफाई कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाइबाले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement