आशारिका फाउण्डेशनद्वारा मृगौला रोगीलाई आर्थिक सहयोग प्रदान

IMG-20250522-WA0210

सोनादा: आशारिका फाउण्डेशनले मृगौला रोगबाट पीडित बाहुन गाउँ, मगरजुङकी ३५ वर्षीया रञ्जु खवासलाई रुपियाँ ६ हजारको आर्थिक सहायता प्रदान गरेको छ। हाल रञ्जु खवासको उपचार सिलगढीस्थित एक अस्पतालमा भइरहेकोले उक्त सहयोग रकम उनको परिवारलाई हस्तान्तरण गरिएको थियो। रञ्जु खवासको स्वास्थ्य अवस्था गम्भीर रहेको छ र उनी दीर्घकालीन रुपमा मृगौला रोगको उपचारमा छन्। थप पीडाको कुरा के छ भने, रञ्जुकी आमाको पनि स्वास्थ्य अवस्था राम्रो छैन, जसले परिवारमा थप आर्थिक र मानसिक संकट थपेको छ। आशारिका फाउण्डेशनले यस्तो कठिन घडीमा पीडित परिवारलाई सहयोग गर्न पाएकोमा आफूलाई सौभाग्य मानेको छ र भविष्यमा पनि यस्ता सेवामूलक कार्यहरू जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको जानकारी आशारिका फाउण्डेशनका सदस्य रूपेश छेत्रीले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement