खरसाङ: खरसाङ प्रेयर फेलोशीपको पहिलो स्थापना दिवस खरसाङस्थित ग्रेस इभाञ्जलिकल चर्चमा सम्पन्न भयो। पास्टर विकास विश्वद्वारा सञ्चालन गरिएको यस सेवाकाईमा शुरूको कोरस पास्टर निक्का अनि शुरुको प्रार्थना पास्टरनी आमा सत्याद्वारा गरेर शुभारम्भ गरियो। उपस्थित सबैजनालाई खदा लगाउँदै रोशनी मगरले स्वागत जनाएकी थिइन्। स्वागत पश्चात पास्टर राजेन घतराजले खरसाङ प्रेयर फेलोशीपको शुरुवात कसरी भयो भन्ने विषयमा जानकारी गराए। विगत वर्ष २२ मई २०२३ को दिन पास्टर राजेन घहतराजको दर्शनमा पास्टर बिकास अनि पास्टर मोहनसँग दर्शन साँझा गरेपछि सर सल्लाह अनुरूप खरसाङको मध्य बजारबाट यो खरसाङ प्रेयर फेलोशीतको शुरुवात गरियो। यस प्रेयर फेलोसिपको उद्देश्य खरसाङ क्षेत्रको शैक्षिक, सामाजिक, मण्डलीको, राजनैतिक, खेलकूद ,ड्रग्सरहित युवावर्ग, रोजगार, पर्यटन, रोगी बिमारीको चगाई, स्वास्थ्य, शान्ति,असल ईमान्दार, योग्य युवाहरूको मण्डली अनि समाजमा निर्माण विषयमा प्रार्थना गर्न रहेको कुरामा प्रकाश पार्दै बताए। खरसाङ प्रेयर फेलोसिपको संविधान पास्टरनी आमा करिश्माले पठन गरिन् भने आय ब्ययको फाँटवारी आरती सेवाले सुनाइन्। सेवाकाईको दोस्रो चरणमा रोमाले आराधना गरे। यसको निम्ति प्रार्थना पास्टर कुन्दनले गरे अनि परमेश्वरको बाइबलीय बचन पास्टर मोहन रोकाले प्रचार गरेका थिए। अन्तिम चरणमा धन्यवादको प्रार्थना पास्टर बिनयले गरेका थिए। पहिलो स्थापना दिवसको अवसरमा केक काट्ने सेवाकाईको प्रार्थना रन्जिमाले गरिन् भने समापनको प्रार्थना स्थानीय पास्टरनी आमा रबिना भोटियाले गरे अनि अन्त्यमा आशिष पास्टर राजेन घहतराजले गरेका थिए।