खरसाङ: खरसाङ नगरपालिकाको विभिन्न वार्डहरुमा हाउजिङ फर अल योजनाको लागि जियो ट्यागिङको कार्य धमाधम भईरहेको जानकारी प्राप्त भएको छ। खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर १ देखि वार्ड नम्बर २० सम्म हाउजिङ फर अल सरकारी परियोजनालाई भूपू नगरपार्षद पार्षदिकामार्फत् प्रत्येक वार्डका लाभार्थीहरूको सूचि बनाएर यस परियोजनाको घर निर्माण कार्य शुरु गरिएको जानकारी प्राप्त भएको छ। उक्त परियोजना अन्तर्गत कतिले घर पूर्ण गरिसकेका छन् त कतिले निर्माण कार्य गरिरहेका छन् भने कतिको आधामै सिमित छन्। खरसाङ नगरपालिकाले जति -जति सरकारी अनुदान प्राप्त गरे सबैको घरको प्रोगेस अनुसार नै आर्थिक अनुदान वितरण गरिरहेको र प्रतिवर्ष नै सरकारी नियम संशोधन गरी पठाएको र खरसाड नगरपालिकाले नियम पालन गरिरहेका बताइएको छ। विगत दिनमा घरको प्रोगेस अनुसार जियो ट्रयागको कार्य गरिन्थो भने अहिले जो लाभार्थीको आधार कार्डसंग घरको जियो ट्यागिङ गर्नु पर्दैछ। यस कार्यमा खरसाङको कतिपय वार्डमा नेटवर्कको समस्या हुने गरेको र यस्तै समस्यासंग जुझ्दै पनि जनहितको कार्यमा खरसाङ नगरपालिकाको एसएई गोबिन्द अधिकारी अनि सीएलटीसी बासु लाभार्थीहरूको घर-घर गई जियो ट्यागिङ गरिरहेको जानकारी प्राप्त भएको छ। उक्त कार्यमा सबैको साथ र सहयोग गरिदिने आह्वान् खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले गरेका छन्। उनले उक्त जियो ट्यागिङ विषय लिएर खरसाङ नगरपालिकामार्फत् बारम्बार राज्य सरकारको उच्च अधिकारीहरुसँग सम्पर्क गरिरहेको र यसै बीचमा खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरूङको अगुवाईमा खरसाङ नगरपालिका ईओ कैलाश प्रसाद, एसएई गोविन्द अधिकारी कलकत्ता पुगेर हाउजिङ फर अल योजनासँगै खरसाङ नगरपालिकाको विभिन्न समस्याहरू विषय लिएर सल्लाह परामर्श गरी फर्केको पनि बताएका छन्।

उनले अब चाढै नै हाउजिङ फर अल योजनाको लाभार्थीरूले सरकारी अनुदान पाउने आशा राखेर आगमी १०-१२ दिन भित्रै सम्पूर्ण लाभार्थीहरूको जियो ट्यागिङ पूर्ण गरिने भन्ने उद्देश्य लिएर जनहितको सेवामा खरसाङ नगरपालिका लागि परेको सम्पूर्ण जानकारी गराएका छन्।