समवेदना व्यक्त गर्न राष्ट्रपति द्रौपदी मुर्मू लण्डन जाने

नयाँ दिल्ली: महारानी एलिजाबेथ द्वितीयको निधनमा आयोजित शोक समारोहमा भारत सरकारको तर्फबाट समवेदना व्यक्त गर्न राष्ट्रपति द्रौपदी मुर्मू १७-१९ सेप्टेम्बरमा लण्डन इंग्ल्यान्डको यात्रा गर्नेछिन्। विदेश मन्त्रालय अनुसार, गत ७० वर्षकी महारानी एलिजाबेथ द्वितीयको शासनकालमा भारत-ब्रिटेनको सम्बन्ध अत्य़धिक विकसित र बलियो भएको छ। उनले राष्ट्रमण्डलको प्रमुखको रूपमा विश्वभरिका लाखौं मानिसहरूको कल्याणमा महत्वपूर्ण भूमिका निर्वाह गरिन्।

उल्लेख्य, ब्रिटेनकी पूर्व राष्ट्राध्याक्ष एवं राष्ट्र मण्डल राष्ट्रकी प्रमुख महारानी एलिजाबेथ द्वितीयको ८ सेप्टेम्बरमा निधन भएको थियो। राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखड़ र प्रधानमन्त्री नरेन्द्र मोदीले क्वीन एलिजाबेथको निधनमा शोक व्यक्त गरेका थिए। विदेश मन्त्री डा. एस जयशंकरले भारतको समवेदना व्यक्त गर्नका लागि १२ सेप्टेम्बरमा नयाँ दिल्लीमा ब्रिटिश उच्चायोगको यात्रा गरे। भारतमा उनको सम्मानमा आइतबार ११ सेप्टेम्बरमा राष्ट्रिय शोकको दिन पनि राखिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement