सिलगढीमा हिन्दी दिवस पालन

20-43-50-Capture3-9.png

सिलगढी: सिलगढीको रामकिङ्कर सम्मेलनी हलमा एउटा कार्यक्रमको आयोजना गरेर आज पश्चिम बंगाल हिन्दी अकादमीको तर्फबाट हिन्दी दिवस पालन गरियो ।यस कार्यक्रममा सिलगढीका मेयर गौतम देवल, डेपुटी मेयर रञ्जन सरकार, महकुमाशासक प्रियङ्का सिंह लगायत अन्य उपस्थित थिए। मुख्य अतिथिहरूले द्वीप प्रज्ज्वलन गरेर कार्यक्रमको शुरुवात गरे। हिन्दी दिवसको विशेषता एवम् इतिहासबारे विविध प्रतियोगितामूलक कार्यक्रमहरुको आयोजना गरिएको थियो। आवृति प्रतियोगिता, निबन्ध लेखन लगायत विविध प्रतियोगितामा धेरैजनाले अंश ग्रहण गरेका थिए। यस अवसरमा हिन्दी अकादमीको तर्फबाट अजय कुमार साहले भने, सहरमा मुन्शी प्रेम चन्द्रको सालिग स्थापना गरिनुपर्ने विषयमा मेयर गौतम देवसित चर्चा गरियो भने तिनले उक्त प्रस्ताव स्वीकार गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement