यूएफा यूरोपा लीगको खिताब टोटनह्यामको झोलीमा

IMG-20250522-WA0137

बिल्बाओ: टोटनह्याम हट्स्परले यूएफा यूरोपा लीगको खिताब आफ्नो नाम गऱ्यो। बुधवार अबेर राति खेलिएको रोमाञ्चक फाइनलमा टोटनह्यामले म्यानचेष्टर युनाइटेडलाई १-०-ले पराजित गरी ट्रफी जित्यो। यो क्लबको २००८ पछि पहिलो प्रमुख खिताब हो। बिल्बाओको सान मामेसमा खेलिएको फाइनलमा ब्रेनन जनसनले मध्यान्तर अघि दिएको गोलले टोटनह्यामलाई च्याम्पियन बनायो। यसरी एञ्जे पोस्टेकोग्लुको मार्गदर्शनमा रहने टोटनह्यामले १७ सालदेखि जारी खिताबको खड़ेरीलाई पनि समाप्त गऱ्यो। म्यानचेष्टर युनाइटेडले फाइनलमा ७४ प्रतिशत पोजेशनको साथ खेल्दै लगातार आक्रमण गरे पनि खराब फीनिशिंगले गर्दा गोल गर्न सकेन। यसबाहेक युनाइटेडले यस सीजनमा ३१औं पल्ट कुनै म्याचमा पहिलो गोल खायो। यस आँकड़ाले पनि टीमको दयनीय प्रदर्शनलाई दर्शाउँछ। म्याचमा अधिकांश समय नै दबाउमा रहने टोटनह्यामलाई २३ वर्षीय विंगर ब्रेनन जनसनले बढ़त दिलाए। उनले म्याचको ४२औं मिनटमा गोल गरे। अन्तमा त्यही गोलले टोटनह्यामलाई च्याम्पियन बनायो। यूएफा यूरोपा लीग च्याम्पियन बन्नको साथै टोटनह्यामले यूएफा च्याम्पियन्स लीगको आउँदो सीजनमा खेल्ने मौका हासिल गऱ्यो। ईंग्लिश प्रीमियर लीग फूटबलको जारी सीजनमा टोटनह्याम र म्यानचेष्टर युनाइटेड दुवैको प्रदर्शन दयनीय रह्यो। प्रीमियर लीगमा २० वटा टीमहरूबीच म्यानचेष्टर युनाइटेड १६औं र टोटनह्याम १७औं स्थानमा रहेको छ। यसैकारण यी दुवै टीमसँग बुधवार राति केही खास गरेर सीजनको अन्त यादगार तरिकाले गर्ने मौका थियो। यस मौकालाई अन्तमा टोटनह्यामले सदुपयोग गऱ्यो। टोटनह्यामले यसअघि अन्तिमपल्ट २००८-मा लीग खिताब जितेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement