प्रधानमन्त्रीलाई स्वागत जनाउनआफ्नो पारम्परिक भेषभुषामा सजिएर एसकेएमको आह्वान

IMG-20240717-WA0003

गान्तोक: आगामी २९ मईको दिन देशका प्रधानमन्त्री नरेन्द्र मोदी, सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्ती समारोहमा सहभागी बन्न सिक्किम आउने भएको छन्।
प्रधानमन्त्रीको यस सिक्किम भ्रमणलाई हरेक सम्भावित तरिकामा भव्य र सभ्य रुपले सफल पार्न एसकेएम हर एक कुरा सुनिश्चित गर्दै अगाडि बढ्दै छ।
यसै क्रममा आज मन्त्री तथा पार्टीका सेक्रेटरी जेनरल अरूण कुमार उप्रेतीको सभाध्याक्षतामा एक जरूरी सभा गान्तोकमा सम्पन्न भयो। आजको यस समन्वय सभामा पार्टी प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ, प्रवक्ताहरू कृष्णा लेप्चा र सञ्जय दिलपाली राई, एसकेएम युवा प्रकोष्ठका अध्यक्ष लाक्पा मोक्तान, सिक्किम ठेकादार संघका अध्यक्ष सहदेव शर्मा, ओएसडी कर्मा सुब्बा लगायत २१ विभिन्न जातगोष्ठीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
सभालाई सम्बोधन गर्दै सेक्रेटरी जेनरल अरूण उप्रेतीले देशका प्रधानमन्त्रीको आगामी सिक्किम भ्रमणलाई भव्य र सभ्य ढंगमा सफल पार्न सामूहिक समन्वयको आवश्यक्तामा विशेष जोर दिए। सबै जात गोष्ठीका प्रतिनिधिहरूले आ आफ्नो पारम्परिक भेषभुषामा सजिएर तथा जातीय संस्कृति झल्काउने आआफ्नो बाध्य वादनका साथ देशका प्रधानमन्त्रीलाई स्वागत जनाउनुपर्ने मुख्यमन्त्रीको सोंच रहेको उल्लेख गर्दै सोही अनुरूप सहभागी भइदिन आह्वान गरे।
यस अघि आफ्नो सम्बोधन राख्दै प्रवक्ता एवं मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङले प्रधानमन्त्रीको सिक्किम आगमनको क्रममा सिक्किमका सबै जाति समुदाय सहभागी हुनुपर्ने मुख्यमन्त्रीको चाहना रहेको जानकारी गराउँदै प्रधानमन्त्रीको सिक्किम भ्रमणलाई अति नै भव्यताका साथ अनि पूर्ण योजनाबद्ध ढंगले स्वागत गरिने जानकारी गराए। उनले भीसी गञ्जु लामाद्वारदेखि पाल्जोर स्टेडियमसम्म क्रमबद्ध ढंगमा सबै जातगोष्ठीका प्रतिनिधिहरूले आआफ्नो पारम्परिक भेषभुषा र सांस्कृतिक बाजागाजाका साथ ८ बजीभित्रमा तोकिएको ठाउँ ठाउँमा सहभागी बनेर स्वागत जनाउन अपील गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement