वित्तमन्त्री सीतारमणसॅंग मुख्यमन्त्रीकाे भेट

n6652526371747853170427cbc232189d91c63e63e4b7905902843230319240e2625e253395313d5b3c61b5

गान्तोक: आज नयॉं दिल्लीमा मुख्यमन्त्री प्रेमसिंह तामाङले केन्द्रिय वित्तमन्त्री निर्मल सीतारमणसॅंग भेट गरे।
उक्त भेटको क्रममा मुख्यमन्त्रीले राज्य स्थापनाको ५०औं वर्षको उपलक्ष्यमा वर्षभरि आयोजना हुने समारोहमा भाग लिन वित्तमन्त्रीलाई औपचारिक निमन्त्रणा दिएको सामाजिक सञ्जालमा जानकारी गराएकाे छ।
वित्तमन्त्रीले निमन्त्रणा स्वीकार गरेको र यो ऐतिहासिक उपलब्धिको अवसरमा हाम्रो सुन्दर हिमाली राज्यको भ्रमण गर्न इच्छा व्यक्त गरेको मुख्यमन्त्रीले जानकारी गराएका छन्। उनले बहुमूल्य समय र सिक्किमका जनताप्रति निरन्तर सहयोग र सद्भावनाको लागि वित्तमन्त्री सीतारमणप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
उल्लेखनीय छ, मुख्यमन्त्रीले हिजो देशका प्रधानमन्त्री नरेन्द्र मोदीसॅंग भेट गरेर सिक्किम भ्रमणको निम्ति औपचारिक रूपमा निमन्त्रणा दिएका थिए। प्रधानमन्त्रीसॅंगै अब वित्तमन्त्री निर्मला सीतारमण पनि राज्य स्थापनाको 50औं वर्षगॉंठ समारोहमा भाग लिन सिक्किम आउने भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement