सिङ्गतामकी खुशी गुप्ता इश्रो-को ‘यूविका २०२५’मा छनौट

IMG-20250521-WA0290

गान्तोक: सिङ्गतामकी मेधावी विद्यार्थी खुशी गुप्ता भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इश्रो) द्वारा आयोजित प्रतिष्ठित युवा वैज्ञानिक कार्यक्रम “यूविका २०२५” मा सहभागी हुन छनोट भएकी छन्। यस राष्ट्रीयस्तरको कार्यक्रमले विद्यार्थीहरूमा विज्ञान, अनुसन्धान र अन्तरिक्ष प्रविधिप्रतिको रुचि जागृत गर्ने लक्ष्य राखेको छ।
सिङ्गताम निवासी जय नन्द प्रसाद र सन्ध्या देवीकी छोरी खुशी केन्द्रीय विद्यालय बालुटारकी कक्षा दशकी विद्यार्थी हुन्। उल्लेखनीय छ, यूविका २०२५ कार्यक्रम आगामी १९ देखि ३० मईसम्म हैदराबादस्थि राष्ट्रीय रिमोट सेन्सिङ केन्द्र (एनआरएससी) मा आयोजना हुनेछ। उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरूले इश्रोका वैज्ञानिक र इन्जिनियरहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने, अत्याधुनिक प्रयोगशालाहरूको भ्रमण गर्ने, व्यावहारिक प्रशिक्षण सत्रहरूमा भाग लिने साथै परियोजनाहरूमा संलग्न हुने अवसर प्राप्त गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement