पेलिङ पीएमश्री स्कूलमा स्वच्छ सचेनता कार्यक्रम

IMG-20250521-WA0288

गेजिङ: स्वच्छ भारत मिशन २.० अन्तर्गत जिल्लास्तरीय सचेतना अभियानको एक भागकोरूपमा ग्रामीण विकास विभागले जिल्लापाल कार्यालयसँगको सहकार्यमा आज पीमश्री पेलिङ वरिष्ठ माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम आयोजन गऱ्यो। यस कार्यक्रम आयोजनको मुख्य उद्देश्य विद्यार्थी साथै हितधारकहरूलाई जिरो वेस्ट जीवनशैली विषयबारे जागरूक गराउनु रहेको थियो। आज सम्पन्न भएको कार्यक्रममा गेजिङ जिल्लाका अतिरिक्त जिल्लापाल सुरत कुमार गुरूङ, खण्ड विकास अधिकारी ग्यारेप दोर्जी भोटिया, विद्यालयका प्राचार्य, पञ्चायत अध्यक्ष लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अतिरिक्त जिल्लापाल गुरूङले दिगोपन र सामुदायिक सरसफाइलाई व्यवहारिकरूपमा कार्यान्वयन गर्न शैक्षिक संस्थाहरूको महत्त्वपूर्ण भूमिकाबारे जानकारी गराए। यसक्रममा स्रोतवक्ता याङछेन्ला भोटियाले विद्यार्थीहरूलाई आफ्नो घर र समुदाय भित्र राजदूतकोरूपमा काम गर्ने प्रोत्साहित गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement