गान्तोक: सिक्किम राज्य स्थापनाको ५०औं वर्षागाँठको अवसरमा मंगन जिल्लाले १ सय फिट अग्लो राष्ट्रीय झण्डा जडान गरेको छ। मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्र परिसरमा उक्त झण्डा लगाइएको छ। जसलाई राष्ट्रीयता र एकताको प्रतिकको रुपमा तयार गरेको हो। जङ्गु निर्वाचन क्षेत्रका विधायक एवं सिक्किम सरकारका वन एवं पर्यावरण विभागीय मन्त्री पिन्छो नामग्याल लेप्चाले झण्डाको आधिकारिकरूपमा उदघाटन गरेका हुन्। उदघाटन कार्यक्रममा मंगन जिल्लाका जिल्लापाल अनन्त जैन, पुलिस अधिक्षक सोनाम दिछु भोटिया लगायत अन्य अधिकारीहरूको उपस्थिति थिए। यसक्रममा समाज कल्याण विभागले ‘नशामुक्त मंगन, नशामुक्त जिल्लातर्फ’ अभियानको निम्ति स्थायी बिलबोर्ड स्थापना गरेको छ। यसका साथै जिल्लापाल कार्यालयलाई पुनर्निर्माण गरिएको छ। जसमा देशका स्वतन्त्र सेनानी नेताहरूको फोटो, सरकारी योजनाहरू र उत्तर सिक्किमको समृद्ध संस्कृति प्रदर्शन गर्ने फोटो एवं चित्रकला करिडोर समावेश गरिएको छ।