राजगञ्जको दुर्गा पुजा कमिटीहरूलाई ६० हजार रुपियाँको चेक जलपाईगुडी पुलिस सुपरले प्रदान गरे

20-39-58-b4321d52-f824-4c71-a9c4-6b1bc8c3ae24-1024x576.jpg

राजगञ्ज: जलपाईगढीका पुलिस सुपर देवर्षी दत्तले आज राजगञ्जको दुर्गा पुजा कमिटीहरूलाई राज्य सरकारद्वारा प्रदान गरिएको ६० हजार रुपियाँको चेक प्रदान गरे। प्रत्येक वर्ष झैँ यस वर्ष पनि मुख्यमन्त्री ममता ब्यानर्जीले दुर्गा पुजा कमिटीहरूलाई आर्थिक अनुदान प्रदान गर्ने घोषणा अनुसार आज राजगञ्ज थानामा राजगञ्ज ब्लकको लगभग ५८ वटा पुजा कमिटीहरूलाई आर्थिक अनुदान प्रदान गरियो। यस विषयमा जलपाईगढ़ी पुलिस सुपर देवर्षी दत्तले भने, मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देश अनुसार आज दुर्गा पुजा कमिटीहरूलाई सरकारी रूपमा चेक प्रदान गरियो । यस वर्ष जलपाईगढी जिल्लामा दुर्गा पुजाको संख्या बढेर लगभग ६९० वटा क्लब भएको छ। आज राजगञ्जको ५८ वटा क्लबलाई चेक प्रदान गरियो भने आगामी दिनमा जिल्लाको सबै क्लबहरूलाई चेक प्रदान गरिनेछ। यस अवसरमा डीएसपी हेड क्वार्टर समीर पाल, एडिशनल एसपी हेड क्वार्टर सन्दीप सेन, राजगञ्ज थानाका आईसी पंकज सरकार लगायत अन्य उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement