गान्तोक: आधिकारिक भ्रमणको निम्ति हिजो दिल्ली पुगेका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज दिल्लीमा सिक्किम स्टुडेन्टस एसोसिएशनका नवनिर्वाचित पदाधिकारीहरुसंग भेट गरे। नवनिर्वाचित अध्यक्ष किशोर छेत्रीको नेतृत्वमा गएको टोलीले मुख्यमन्त्रीसँग भेट गर्दै अन्तर्क्रिया गरे। जसमा विद्यार्थीहरूको शैक्षिक यात्राबारे जानकारी लिँदै विद्यार्थीहरूको इच्छा बुझ्ने प्रयास गरे। मुख्यमन्त्रीले विद्यार्थीहरूको अध्ययनप्रतिको समर्पण र जीवनमा सफलता हासिल गर्ने दृढ संकल्पको प्रशंसा गरे। मुख्यमन्त्रीले विद्यार्थीहरुको भावी कार्यक्रम र अन्य समस्याबारे पनि जायजा लिएका थिए। यसअन्तर्गत मुख्यमन्त्रीले विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरे। हाम्रा विद्यार्थीहरुले सिक्किम र राष्ट्रलाई गौरवान्वित बनाउने कुरामा कुनै शंका नरहेको उल्लेख पनि गरे। यसबीच विद्यार्थीहरूले मुख्यमन्त्रीलाई मार्गदर्शनको लागि कृतज्ञता व्यक्त गर्दै सिक्किमले राज्य स्थापनाको ५० औं वर्ष पूरा गरेको ऐतिहासिक अवसरमा बधाई व्यक्त गरेका थिए।