सुकना भेटरन्स र खरसाङ लीजेण्ड्स सेमिफाइनलमा

photocollage_2025521223951231

रोहिनी: रोहिनी भेटरन्सको तत्त्वावधानमा आयोजित फोर्टी प्लस भेटरन फूटबल टुर्नामेण्टमा मंगलवार २ वटा क्वार्टर फाइनल म्याच खेलियो। रोहिनी लेकमा खेलिएको पहिलो म्याचमा खरसाङ लीजेण्ड्सले रोहिनी भेटरन्सविरुद्ध ४-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट फुर्बा तामाङ र सुमन राईले २-२ गोल गरे। यसरी दोस्रो म्याचमा सुकना भेटरन्सले दार्जीलिङ स्टारविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट पेमा लामा र मनोज राईले १-१ गोल गरे। यस सेवेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २५ मईमा खेलिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement