वीरपाडा – बन्दापानी टीजी प्राथमिक विद्यालयमा आजदेखि स्मार्टक्लासको निम्ति विभिन्न उपकरणहरू जडान गरियो| जसको आज विधिवत उद्घाटन अलिपुरद्वार जिल्ला शासक सुरेन्द्रकुमार मीनाको बाहुलीबाट गरियो| उद्घाटन कार्यक्रममा मदारीहाट खण्ड विकास अधिकारी शेरोन तामाङ, मदारीहाट पञ्चायत समितिका सभापति रोहित विश्वकर्मा,जिल्ला परिषद सदस्य जसिन्ता लाकडा आदिको उपस्थिति रहेको थियो|
विद्यार्थीहरूलाई दृष्टिमूलक शिक्षा व्यवस्था उपलब्ध गराउनलाई आज उक्त विद्यालयमा प्रोजेक्टर, स्क्रिन तथा शिक्षा सामग्रीहरू प्रदान गरियो| विद्यार्थीहरूलाई शिक्षा ग्रहण गर्न सुविधा होस् भनी बाला मोडल अन्तर्गत विद्यालयको श्रेणी कक्षको भित्र भित्ता, भुइँ लगायत बाहिर भित्ताहरूमा पनि अति आकर्षक रङ्गीन तस्विर वा पोस्टरहरू टॉंसिएको छ साथै शिक्षा सम्बन्धित चित्रहरू पनि तयार गरिएको छ| यसरी स्मार्ट क्लासको निम्ति नयॉं तकनिकी प्रोजेक्टर, स्क्रिन आदिको अनि बाला मोडल शिक्षा सामग्रीको लगाइएको बारे मदारीहाट खण्ड विकास अधिकारी शेरोन तामाङले जनाइन्| जयबीरपाडा आईसीडीएस सेन्टर ३३८ नम्बरको निम्ति पनि विभिन्न प्रकारको शिक्षा सामग्री साथै सेन्टर भवनलाई विभिन्न प्रकारको पाठ्यक्रमबाट फल , फूल, सब्जी, जनावरहरूको चित्र तयार बनाएर नानीहरूको निम्ति अनुकूल परिवेश तयार गर्ने प्रयास गरिएको छ| विशेष आईसीडीएसका साना साना नानीहरूको निम्ति खेलकुद सामग्री पनि प्रदान गरियो| ती नानीहरूको आधारभूत शिक्षा लगायत तिनीहरूको स्वास्थ्य अनि पोषणलाई पनि ध्यान दिएको खण्ड विकास अधिकारी शेरोन तामाङले बताइन्| मदारीहाट खण्डका तीनवटा प्राथमिक विद्यालय अनि ९ वटा आईसीडीएस केन्द्रको शैक्षिक अनि बाला मोडलद्वारा निर्माण भइरहेको खण्ड विकास अधिकारी शेरोन तामाङले अझ बताए|







