पर्यटनको लागि विभिन्न प्रतिनिधिहरुलाई लिएर दार्जिलिङ हिमालयन रेलवेको सभा सम्पन्न

IMG-20250521-WA0259

खरसाङ: दार्जिलिङ हिमालयन रेलवेको पहलमा आज खरसाङमा विभिन्न क्षेत्रका मानिसहरुलाई लिएर सभा सम्पन्न भएको छ। उक्त सभामा दार्जिलिङ हिमालयन रेलवेलाई अझ उन्नत गराउन तथा दार्जिलिङ हिमालयन रेलवेसितै पर्यटनलाई लिएर सभामा सुझाव सल्लाह मागिएको छ। सभामा खरसाङ क्षेत्रमा रहेका विभिन्न क्षेत्रका प्रतिनिधिहरु उपस्थित रहेका थिए। सभामा दार्जिलिङ हिमालयनसित सम्बन्धित पर्यटन लगायत यस क्षेत्रको विकासको लागि पहल गरिने भएको छ। सभामा पर्यटनसितै यहाँको शिक्षा, संस्कृति, खेलकूद, व्यवसाय लगायत अन्य विभिन्न विषयमा चर्चा परिचर्चा गरिएको छ। सभापछि पत्रकारहरुसित कुराकानी गर्दै दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिशप चौधरीले आजको सभा पर्यटनलाई वेस गरेर चर्चा गरिएको र सभामा दार्जिलिङ हिमालयन रेलवेको कसरी विकास गर्न सकिन्छ साथै रेलवे साथै वरिपरिका चियाबारी क्षेत्रलाई पनि पर्यटकहरुका लागि कसरी आकर्षणीय पार्न सकिन्छ भन्ने विषयमा चर्चा गरिएको जानकारी गराएका छन्‌‌। उनले भने, हामी चाढै नयाँ कार्य शुरु गर्नेछौं अनि पर्यटकहरुका मांग अनुसार कार्य गर्दै जानेछौँ। यस वर्षको अन्त्यसम्म नयाँ सर्विस शुरु गर्नेछौं र यसको लागि चाढै नयाँ डिब्बाहरु पनि आउनेछ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement