बिजनबारी: सूर्या फाउण्डेशनद्वारा दार्जिलिङ बिजनबारी क्षेत्रको विभिन्न गाउँमा दश दिवसीय ग्रामीण व्यक्तित्व विकास शिविरको समापन कार्यक्रम सम्पन्न भएको छ। यसमा क्षेत्रका धेरै शिविरार्थीहरुले भाग लिएका थिए। कार्यक्रमको सुभारम्भ भगवान श्री कृष्णको तस्वीरमा पुष्पार्पण तथा प्रकृति पूजन हेतु वृक्षारोपण गरी गरिएको थियो। जेएफसी दिपेन कोइरालाले सञ्चालन गरेको उक्त कार्यक्रमहरुमा दार्जिलिङका क्षेत्र प्रमुख कमल दाहाल एवं स्थानीय शिक्षकहरूद्वारा विभिन्न सत्रहरू लिइएको थियो। उक्त शिविरमा नानीहरूको बौद्धिक तथा शारिरीक विकास हेतु विभिन्न सत्र जस्तै सुलेख, आदर्श विद्यार्थी, स्वास्थ्य रहन हेतु सात उपाय, चित्रकला, खेल, क्राफ्टिगं, ईको ब्रिक, नृत्य आदि सिकाइयो तथा माता पिताप्रति नानीहरूको श्रद्धा बनिरहोस् भन्न हेतु मातृ पूजन कार्यक्रम पनि गरिएको थियो। स्मरण रहोस् सूर्या फाउण्डेशन एक सामाजिक संस्था हो जसले समाज सेवा हेतु विगत ३५ वर्षदेखि देशभरि यस्ता विभिन्न कार्यक्रमहरु गरी आइरहेको छ।