भोटर कार्डको पोर्टलमा नेपाली भाषा हटाएको भन्दै बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेको‌ आपत्ति

IMG-20250521-WA0217

खरसाङ: नेपाली भाषाले‌ मान्यता पाएर पनि भोटर कार्डको पोर्टलबाट नेपाली भाषा हटाइएकोमा बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले विरोध जनाएका छन्। उनले आज खरसाङमा पत्रकारहरुसित कुराकानी गर्दै भोटर कार्डको पोर्टलमा भारतको संविधानबाट मान्यताप्राप्त अन्य धेरै भाषाहरु रहेको तर नेपाली भाषा मात्रै छैन भनी बताएका छन्‌। उनले नेपाली भाषालाई मान्यता दिलाउन सबैले मेहनत गरेका थिए र सबैले‌ योगदान दिएका थिए र अब यस विषयमा पनि सबैले मिलेर काम गर्नु पर्ने आह्वान् गरेका छन्। उनले यसमा कुनै प्रकारको राजनीति नगरी भूल सुधार्ने काम गर्ने आह्वान् गरेका छन्। उनले नेपाली भाषा भारतीय संविधानको आठौं अनुसूचीमा अन्तर्भुक्त भएको बताएका छन्। बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले हालैमा जीटीए र स्थानीय तौरमा नेपाली भाषामा नै साइन बोर्डहरु अनिवार्य रुपमा लेखिनु पर्ने विषयमा अधिसूचना जारी गरेपछि अहिले फेरि चुपचाप देखिएको आरोप लगाएका छन्। उनले साइन बोर्डहरु अनिवार्य रुपमा नेपाली भाषामा लेखिनु पर्ने सठीक पहल थियो तर अहिले फेरि चुपचाप छ साथै बन्द नै भएको बताएका छन्।‌ रिम्पोर्छेले यहाँको दोकान पाटहरु, कार्यालयहरु,‌ होटलहरु, स्कूलहरुमा नेपाली भाषामा नै लेखिनु पर्ने हो भनी बताएका छन्। तर अहिले बजारका दोकान पाटहरुमा‌ नेपाली भाषामा लेखिएको पाइएको छैन भनी बताएका छन्। उनले २०२६ मा हुने जाति गणना विषयमा पनि बोल्दै यस जातीय गणनामा हामी सबैले गोर्खा लेख्नुपर्छ भनी बताएका छन्। उनले यसको लागि अहिलेदेखि नै हामी सबैले नामको पछाडि गोर्खा लेख्ने प्रयास गरौँ किनभने हामीले हाम्रो गोर्खा किपट‌ बचाउनुपर्छ भनी बताएका छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement