पाकिस्तानी डुंगाबाट ४० किलो नशालु पदार्थ जफत

00-IMG_20220914_195254

अहमदाबाद: गुजरातको समुद्री तटमा एक पाकिस्तानी डुंगा समाइएको छ, जसबाट ४० किलो नशालु पदार्थ जफत गरिएको छ। गुजरात एटीएस र तटरक्षक बलको कारबाहीमा बरामद गरिएको ड्रग्सको मूल्य अन्तर्राष्ट्रिय बजारमा २०० करोड़ रूपियाँ बताइएको छ। ड्रग्स ल्याउने ६ पाकिस्तानी नागरिकहरूलाई पनि पक्राउ गरिएको छ। पञ्जाबको जेलमा बन्द एक नाइजेरियनले यो मादक पदार्थ किनेको थियो, यसैले यो खेप पञ्जाब पुऱ्याइनु थियो।

हालका दिनमा गुजरातमा ड्रग्स उद्धार गरिने मुद्दा चुनाउको साथ गर्मिन्दै गइरहेछ। यसबीच गुजरातको आतङ्कवाद निरोधी दस्ता (एटीएस) र तटरक्षक बलको संयुक्त अभियानमा जखो पोरबन्दर तटबाट ४० किलो नशालु पदार्थ जफत गरिएको छ। भारतीय तटरक्षक बलका अधिकारीहरू अनुसार, पाकिस्तानी डुंगालाई भारतीय जल सीमामा ६ मील भित्र समाइयो। आईसीजीको दुई तीव्र हमला गर्न सक्षम डुंगाहरूले गुजरातमा जखाउ तटदेखि ३३ समुद्री मील टाढ़ा एक पाकिस्तानी डुंगालाई समायो। यो ड्रग्स पाकिस्तानी डुंगाबाट उद्धार गरिएको हो, जसलाई ल्याउने ६ पाकिस्तानी नागरिकहरूलाई पनि पक्राउ गरिएको छ। जानकारीअनुसार यो खेप पञ्जाब पठाइनु थियो किनभने यसलाई प़ञ्जाबको जेलमा बन्द एक नाइजेरियनले किनेको थियो। अब यस पूरा मामिलाको जाँच केन्द्रीय एजेन्सीलाई सुम्पिने अनि जाँचको परिधि पञ्जाबको जेलसम्म पुग्ने सम्भावना छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement