जातीय जनगणनालाई लिएर सम्पूर्ण किराँत जातिलाई उचित परामर्श लिएर मात्रै फारम भर्ने आह्वान्

IMG-20250521-WA0214

मिरिक: जातीय जनगणनालाई लिएर किराँत खम्बु राई सांस्कृतिक संस्थान मिरिकले सम्पूर्ण किराँत जातिलाई उचित परामर्श लिएर मात्रै फारम भर्ने आह्वान् गरेको छ। मिडियालाई सम्बोधन गर्दै संस्थानको मिरिक महकुमाका प्रवक्ता राजीव राईले जनगणना सम्बन्धि नोटिफिकेशन अन्यौलतापूर्ण रहेको भन्दै सम्पूर्ण किराँतहरु जनजाति भएको दाबी गरे। त्यसर्थ फारम भर्ने प्रक्रियामा सम्पूर्ण किराँत सचेत रहनु पर्ने उनको भनाई छ। अर्कोतिर संस्थानले आगामी २४ अनि २५ मईको दिन मिरिकमा साकेला पर्व उत्सव भव्य रुपमा आयोजना गर्ने भएको छ। मिरिकको आले खेल मैदानमा सम्पन्न हुने उक्त पर्वमा सिक्किमका मुख्यमन्त्री पीएस गोले तामाङसहित जीटीए प्रमुख अनित थापा, मिरिक नगरपालिका अध्यक्ष एलबी राई आदिको प्रमुख उपस्थित हुने जानकारी आयोजक पक्षले दिएको छ। राईले उत्सव पालन गर्नुको मुख्य उद्देश्य राई जातिमा एकता अनि अखण्डता कायम गर्नु रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement