सडक निर्माण नगरिए कुनै पनि चुनाउ बहिष्कार गर्ने चेतावनी

IMG-20250521-WA0213

मिरिक: मिरिकको सियाेक अप्पर भष्मे देवीस्थानदेखि गुरूङ फाटकसम्मकाे सडक निर्माण नगरिए कुनै पनि चुनाउ बहिष्कार गर्ने चेतावनी स्थानीय मानिसहरूले दिएका छन्। स्थानीय अमित गुरूङ अनि केशर गुरूङले सियाेक अप्पर भष्मे देविस्थानदेखि गुरूङ फाटकसम्म लगभग दुई किलाेमिटर सडक निर्माणकाे लागि ३१ जनवरी २०२३ मा नै शिलान्यास भए पनि हालसम्म सडक निर्माण नभएकाे गुनासाे गर्दै शिलान्यासपछि सडककाे कतिपय ठाउँहरूमा केवल सुरक्षा पर्खाल लगाउने कार्य मात्रै भयाे तर सडक निर्माण भएन भनी बताएका छन्। उनीहरूले उक्त सडक सियाेक गुरूङ गाउँ, अप्पर भष्मे, बीच गाउँ अनि प्रधान गाउँलाई मुख्य सडकसित जाेड्ने रहे पनि सडक निर्माण हालसम्म नभएकाेले स्थानीय मानिसहरूले यातायातमा धेरै समस्या झेल्न परिरहेकाे जानकारी गराउँदै हामी चुनाउमा भाेट दिने मात्रै भयाैँ। सडक निर्माण भएन भने हामी अब कुनै पनि चुनाउमा मतदान गर्दैनाैँ भनी बताएका छन्। उनीहरूले दिनेले सडक दिएकाे हाे। सम्बन्धित विभागले धनराशि छुट्टाएकाे हाे।तर ठेकेदारहरूले सडक निर्माणमा गम्भीरता नदेखाएर सडक निर्माण नगरिदिएकाे गुनासाे गर्दै हामी ठेकेदारहरूलाई शीघ्र सडक निर्माण गरिदिने अनुराेध गर्दछाैँ भनी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement