खरसाङ: खरसाङमा अवस्थित एसबीडे सेनिटोरियम टिबी अस्पतालमा रोगी कल्याण समितिको सञ्चालन समितिकाे सभा सम्पन्न भएको छ। विगत धेरै वर्षपछि भएको सभा विशेष रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको स्वास्थ्य अनि परिवार कल्याण विभागको एमओडी सभासद श्याम शेर्पा, खरसाङ महकुमा शासक आईएएस बिन्दावासिनी तेजा दिपक, टिबी अस्पतालकाे सुपरिटेन्डेन्ट डा रमेश किसकु, डेपुटी म्याजिष्ट्रेट प्रशनजीत मुखर्जी, पुलिस विभागबाट प्रतिनिधि एसआई सागर प्रधान, पीडब्ल्युडीको सिभिल र एलेक्ट्रीकल ईञ्जिनियर्सहरु, टिबी अस्पतालकाे डाक्टर अनि नर्सहरु साथै कर्मचारीहरुकाे उपस्थितिमा सभा सम्पन्न भयो। विशेष सभामा टिबी अस्पतालकाे भवन मरमत्ति, बिजुली बत्तीको मरमत्ति साथै जेनेरेटर लगाउने पानीको समस्या, रोगीहरुकाे खाना, गैर कानुनी दखल लगायत अन्य विषयहरुमा चर्चा परिचर्चा गरिएको जानकारी प्राप्त भएको छ। यसको साथै डाक्टर र अन्य कर्मचारीहरूकाे कमीबारे पनि चर्चा गरिएको छ। गैर कानुनी दखलबारे कानुनी कार्यवाही गरिनेबारे पनि चर्चा परिचर्चा गरिएको छ। सभाबारे सभासद श्याम शेर्पाले जानकारी गराए अनुसार सभा एकदमै फलदायक रहेको र आउँदो दिनमा टिबी अस्पतालमा त्यहाँको समस्याहरुलाई लिएर धेरै कार्य हुनेछ जसले रोगीहरुलाई धेरै सुविधा हुनेछ साथै कर्मचारीहरुलाई पनि धेरै सुविधा हुनेछ जानकारी गराइएको छ।