वीरपाडा- वीरपाडा थाना अधिनस्थ सरुगाउँ ३ नम्बर बस्तीमा बुधबार बिहान साढे ५ बजी हात्तीको आक्रमणबाट पुलिकर उराउँ नामका एक वृद्धको मृत्यु भएको घटना प्रकाशमा आएको छ| घरबाट निस्कने क्रममा ६६ वर्षीय वृद्धलाई हात्तीले आक्रमण गरेको थियो| तिनको घटनास्थलमै मृत्यु भएको स्थानीय सूत्रले बताएको छ|
घटनालगत्तै पुलिस र वनकर्मी घटनास्थलमा पुगेपछि स्थानीयवासीहरूले विरोध गरेका थिए| तर पछि शव बरामद गरी थाना लगिएको थियो| त्यहॉंबाट शवलाई पोस्टमार्टमका लागि अलिपुरद्वार पठाइएको छ| मृतकका परिवारलाई ५ लाख रुपियॉं क्षतिपूर्ति दिइने वन विभागका दलगाउँका रेन्जर अशेष पालले जानकारी दिएका छन्|







