आईजीजेएफद्वारा मदन तामाङलाई श्रध्दाञ्जली अर्पण कार्यक्रम

IMG-20250521-WA0204

गोर्खे नेताले न्याय पाउनुपर्छ: अजय एडवर्डस

दार्जीलिङ: इण्डियन गोर्खा जनशक्ति फ्रन्टका वरिष्ठ नेता तथा सदस्यहरूसहित संयोजक अजय एडवर्ड्सले स्वर्गीय मदन तामाङको १५औं पुण्यतिथिमा श्रद्धासुमन अर्पण गरेका छन्। ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको युवा संगठनले आयोजना गरेको यो श्रद्धाञ्जली सभामा स्वर्गीय मदन तामाङलाई श्रध्दाञ्जली अर्पण गरिएको छ।
यस अवसरमा ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवर्ड्ससहित अन्य नेतृत्वहरुले मदन तामाङलाई दार्जिलिङको क्लब साइडस्थित सालिगमा फूल अर्पण गरेर श। श्रध्दाञ्जली अर्पण गरेका थिए। यस अवसरमा मदन तामाङलाई पहाडका एक निडर गोर्खा नेताको रूपमा स्मरण गरेका छन्। उक्त श्रध्दाञ्जली कार्यक्रममा पत्रकारहरुसित कुराकानी गर्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको संयोजक अजय एडवर्डसले मदन तामाङले अहिलेसम्म पनि न्याय नपाएको बताएका छन्। उनले मदन तामाङ हत्या काण्डमा‌ हत्याराहरु र रहेका मास्टर माइण्ड कहाँ छ भनी प्रश्न गर्दै यो राजनैतिक होइन तर न्यायको कुरा हो भनी बताएका छन्।

उनले भने, ‘यो घटना १५ वर्ष वर्ष नाघिसकेको छ। तर यो केश कहाँ पुग्यो? यो परिवारको मात्र केश नभएर दार्जिलिङको जनता जान्न‌ चाहान्छ‌ कि मदन तामाङलाई हत्या गर्नेहरु कता छ? हत्याको पछाडी को को थिए? मदन तामाङले न्याय पाउनुपर्छ। गोर्खे नेताले न्याय पाउनुपर्छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement