खरसाङ बजारको मोटर स्ट्याण्डमा‌ रहेको खाल्डा नगरपालिकाद्वारा रातारात मरमत्ति

IMG-20250521-WA0198

खरसाङ: खरसाङ बजारको मुटु मानिने मोटर स्ट्याण्डमा‌ रहेको खाल्डा खरसाङ नगरपालिकाको तर्फबाट हिजो साँझदेखि मरमत्ति गरेर आज बिहानसम्ममा सकिएको छ। खरसाङ नगरपालिकाकोे भाइस चेयरम्यान सुवास प्रधानको अगुवाईमा उक्त खाल्डा मरमत्ति कार्य गरिएको जानकारी प्राप्त भएको छ।

यो प्वाँलले गाडीहरु कुदाउन असुविधा नहोस् भनेर नगरपालिकाको तर्फबाट उक्त खाल्डा मरमत्तिको कार्य गरिएको जानकारी प्राप्त भएको छ। यस विषयमा खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानसित सम्पर्क गर्दा उनले भने, ‘यो खाल्डो अस्तिदेखि निरन्तर बेलुकीदेखि पानी पराईले गर्दा भएको साथै यसको खरसाङ नगरपालिकाले उक्त क्षेत्र मरमत्ति कार्य गर्न केही दिन अघि नै ठेकेदार राकेश प्रसादलाई निर्देश दिईसकेका छन्।’

उनले अघि भने, उक्त खाल्डोको ट्राफिक बडाबाबु वीरेन्द्र छेत्री र म अनि एसएई विशाल सुनुवारको निरीक्षण गरी उक्त निर्माण कार्य गरिन्दा ट्राफिक व्यवस्था मिलाईदिने खरसाङ नगरपालिका पक्षबाट सल्लाह परामर्श गरिसकेका छौँ। अहिले चालकहरु र स्थानीय जनताको सुविधाको लागि यो प्वाँल मरमत्ति गरिएको छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement