नगरपालिकाकद्वारा गाडी उठाइयो
खरसाङ: आज बिहान खरसाङ नगरपालिकाको मैला फ्याँक्ने गाडी दुर्घटनाग्रस्त बनेको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार खरसाङ बजारको पार्क लोकेशन सार्वजनिक भवन अघाडी फाँलिएको मैला उठाएर लिएर जाँदा खरसाङ नगरपालिका अधीनस्थ सुन्तले पाखा घाट नम्बर दुईमुनितिर गाडीमा रहेको मैलाको लोडले गोलाई काट्दा काट्दै चिप्लेर सडक छोडी डिलतिर लडेको बताइएको छ। गाडी गएर धुप्पीको रूखले गर्दा ठूलो दुर्घटनाबाट बाँच्न सकेको जानकारी प्राप्त भएको छ। उक्त गाडीमा चालक लगायत दुईजना कर्मबन्धु थिए। याद रहोस् खरसाङ नगरपालिकाको ट्रिटमेन्ट प्लान्ट खरसाङ शहरदेखि लगभग ७-८ किलो मीटर टाडोको बाटोमा छ। उक्त बाटो केही वर्ष अघि जीटीए प्रमुख कार्यपाल अनित कुमार थापाको निर्देशनमा मरमत्ति कार्य गरेका थिए भने अहिलेको पानी पराई अनि बगानको गाडी अन्य जगाको गाडी कुदाईले गर्दा बाटोको अवस्था त्यति राम्रो नरहेको बताइएको छ। साथै गोलाईहरू पनि अति साँघुरो भएकोले चालकवर्गलाई गाडी कुदाउन धेरै कठिन पर्ने बताइएको छ।

उक्त घटनाको खबर पाउन साथ खरसाङ नगरपालिका सेन्ट्री इन्स्पेक्टर रमेश सुब्बा अनि खरसाङ नगरपालिकाको छोटाबाबु रबि प्रधान घटनास्थलमा पुगी घटना विषय खरसाङ नगरपालिकाको चेयरम्यान ब्रिगेन गुरुङलाई जानकारी गराइएको र उनको निर्देशमा खरसाङ नगरपालिकाको ठेकेदार शरद प्रधानको साइटमा कार्यरत स्काईभेटर लिएर गाडी निकाल्न सकेको जानकारी नगरपालिकाको छोटा बाबु रबि प्रधानले दिएका छन्।