प्लेटिनम जुब्ली कपः आरकेएसपी दार्जीलिङ सेमिफाइनलमा

IMG-20220914-WA0170.jpg

१४ सेप्टेम्बरः सरस्वती हायर सेकेण्डरी स्कूल, मंगपूको कौस्तुब जयन्तीको अवसरमा आयोजित जिल्ला स्तरीय अन्तरविद्यालय फूटबल प्रतियोगितामा आरकेएसपी दार्जीलिङ सेमिफाइनलमा पुग्यो। बुधवार मंगपू जनमैदानमा भएको म्याचमा आरकेएसपी दार्जीलिङ-ले शारदा हाई स्कूल, मंगपूलाई ४-०-ले पराजित गऱ्यो। विजेता टीमबाट दिप्सन मंगर, रेञ्छेन तामाङ, ए तामाङ र प्रज्वल तामाङले गोल गरे। विजेता टीमका आर्यन तामाङलाई प्लेयर अव् द म्याच चयन गरियो। टुर्नामेण्टको फाइनल १८ सेप्टेम्बरमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement