गान्तोक: भारत तिब्बत सीमा पुलिस(आईटीबीपी) सिक्किम क्षेत्र मुख्यालयका नवनियुक्त उप महानिरीक्षक संजीव कुमार सिंहले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे।
यस भेट अवधि वहाँसगं १३औं वाहिनी, आईटीबीपी समर बहादरु सिंह पनि उपस्थित थिए।
राज्यपालले नवनियुक्त उप महानिरीक्षक सिंहलाई उनको नयॉं दायित्वको निम्ति शुभकामना दिए।
राज्यपालले भने, सिक्किम आफ्नो सामरिक स्थितिका कारण राष्ट्रिय सुरक्षामा विशेष स्थान राख्दछ। उनले उप महानिरीक्षकको नेतृत्व क्षमतामा देशको सुरक्षा र सीमावर्ती क्षेत्रहरूको प्रगतिमा अझ बल पुग्ने आशा प्रकट गरे।
उप महानिरीक्षक सिंहले राज्यपालप्रति आभार प्रकट गर्दै पूर्ण निष्ठा र प्रतिबद्धताका साथ कार्य गर्ने आश्वासन दिए।