आईओसीएलका अधिकारीहरूकाे राज्यपालसॅंग शिष्टाचार भेट

n66510916217477695033634324ba3253f9addc8fe48db5408e4de2a23c59b4e9b57590abfce8abf90ccec7

गान्तोक: इण्डियन ओएल कर्पोरेशन (आईओसीएल), सिलगढी डिभिजन कार्यालयका वरिष्ठ प्रबन्धक तमाल दत्त र उनका टाेलीले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग राजभवनमा शिष्टाचार भेट गरे।
यस अवसरमा, आईओसीएलको टोलीले सिक्किमको ५०औं राज्य स्थापना दिवसको उपलक्ष्यमा इण्डियन ओएल कर्पोरेशनका चेयरम्यान एके साहनीको तर्फबाट राज्यपाललाई विशेभ अभिनन्दन पत्र भेट गर्दै ५०औं राज्य स्थापना दिवसको हार्दिक शुभकामना दिए।
बैठकमा राज्यपालले उपस्थित अधिकारीहरूलाई आफ्नो प्रयासहरूको माध्यमद्वारा प्रधानमन्त्री नरेन्द्र मोदीको संकल्पना ‘सुदूर सीमावर्ती क्षेत्रहरूमा स्थित भाइब्रेन्ट भिलेजमा पलायन रोकथाम गर्न र सेनाको सहयोगका लागि स्थानीय मानिसहरूको जीवनस्तरलाई उन्नत बनाउने दिशामा कार्य गर्न आग्रह गरे। विशेष रूपमा उनले उत्तर सिक्किमको भाइब्रेन्ट भिलेजको समग्र विकासमाथि ध्यान केन्द्रित गर्न बल दिए।
राज्यपालले यस सन्दर्भमा स्थानीय अधिकारीहरूको सहयोग लिन सुझाउ दिए ताकि यी क्षेत्रहरूमा समृद्धि र प्रगतिलाई गति प्रदान गर्न सकियोस्। उनले यी प्रयासहरूमा राजभवनको तर्फबाट हर सम्भव सहायताको आश्वासन पनि दिए। यस अतिरिक्त, राज्यपालले प्रदेशमा आईओसीएलका विभिन्न योजनाहरू र क्रियान्वयनबारे विस्तारपूर्वक जानकारी प्राप्त गरेको राजभवनले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement