मुख्यमन्त्री तामाङले गरे प्रधानमन्त्री मोदीसँग भेट

IMG-20250521-WA0004

प्रधानमन्त्रीले दिए सिक्किम राज्य स्थापना दिवसमा उपस्थिति जनाउने आश्वासन

गान्तोक: मुख्यमन्त्री प्रेम सिंह तामाङले आज देशका प्रधानमन्त्री नरेन्द्रसँग नयाँ दिल्लीस्थित उनको निजी कार्यालयमा भेट गरे। सिक्कम राज्य स्थापनाको ५०औं वर्षागाँठको अवसरमा मुख्यमन्त्री तामाङले प्रधानमन्त्री मोदीसँग भेट गर्दै आमन्त्रित गरेका छन्। सिक्किम राज्यका मानिसहरूको पक्षमा मुख्यमन्त्री तामाङले राज्य दिवसको अवसरमा उपस्थित हुनुपर्ने निमन्त्रणा गरेका हुन्। मुख्यमन्त्री तामाङको निमन्त्रणालाई स्वीकार गर्दै प्रधान मन्त्रीले यस ऐतिहासिक अवसरमा हिमाली राज्यको भ्रमण गर्ने इच्छा व्यक्त गरेको बताइएको छ। यस अवसरमा मुख्यमन्त्री तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशमा शुरू गरिएको सिन्दुर अप्रेसनको सफलताप्रति बधाई एवम शुभकामना दिए। मुख्यमन्त्री तामाङले विशेष गरेर भारतले आतंकवादविरूद्ध शुरू गरेक सिन्दुर अप्रेसन देशको निम्ति एक उपलब्धि रहेको बताए। यस अभियानको सफल कार्यान्वयनले राष्ट्रको गौरवलाई अघि बढाएको साथै विश्वस्तरमा भारतको शक्ति र संकल्पलाई पुन: पुष्टि गरेको बताए। सिक्किम राज्य स्थापनाको ५०औं दिवसको अवसरमा प्रधानमन्त्रीले समय निकालेर उपस्थित हुने इच्छा व्यक्त गरेकोमा मुख्यमन्त्री तामाङले हार्दिक आभार व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement